रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान कार्यक्रम सम्पन्न

No ads found for this position
No ads found for this position

बुटवल । रुद्रगढ धार्मिक संस्थाको आयोजनामा विभिन्न स्थानमा सञ्चालन गरिएको रक्तदान कार्यक्रममा २५७ युनिट रगत संकलन गरिएको छ।

संस्थाले बुटवलस्थित बुटवल रेडक्रस, तिलोत्तमाको शंकरनगरस्थित पीडी बेकरी, भैरहवाको ग्लास गो थकाली रेस्टुरेन्ट एन्ड क्याफे, लुम्बिनीस्थित होटल पीसल्याण्ड तथा शुद्धोधन गाउँपालिकास्थित शियाभार मन्दिरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो।

रक्तदान कार्यक्रममार्फत संकलित रगतले रगतको अभावमा रहेका बिरामीको उपचारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। रक्तदान जीवन बचाउने महत्वपूर्ण मानवीय कार्य भएकाले यस्ता कार्यक्रमले समाजमा रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्नसमेत सहयोग पुग्ने विश्वास गरिएको छ।

रुद्रगढ धार्मिक संस्थाले विभिन्न स्थानमा रक्तदान कार्यक्रम सञ्चालन गरी सामाजिक तथा मानवीय सेवामा योगदान पुर्‍याएको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *