एमालेले राष्ट्रिय भेला गर्दै, ३ हजार बढी प्रतिनिधि सहभागी हुने

No ads found for this position
No ads found for this position

काठमाडौं । नेकपा एमालेले आगामी मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ । भेलामा पार्टीका विभिन्न तहका नेता तथा प्रतिनिधिसहित कुल ३ हजार ३४७ जना सहभागी हुने भएका छन् ।

भेलामा वर्तमान राजनीतिक परिस्थितिमा पार्टीको मार्गदर्शन, एमालेले गरेका कामहरूको समीक्षा तथा पार्टी सुदृढीकरण र स्थानीय तहको निर्वाचनको कार्ययोजनाबारे छलफल हुने कार्यक्रम रहेको छ।

भेलामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले ‘वर्तमान परिप्रेक्ष्यमा पार्टीको राजनीतिक मार्गदर्शन’ विषयमा प्रस्तुति दिनेछन् । त्यसैगरी वरिष्ठ नेता विद्यादेवी भण्डारीले मन्तव्य राख्ने कार्यक्रम छ ।

उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीले गरेका कामहरूबारे प्रस्तुति दिनेछन् भने महासचिव शंकर पोखरेलले पार्टी सुदृढीकरण र स्थानीय तहको निर्वाचन कार्ययोजनाबारे छलफल अघि बढाउनेछन् ।

भेलामा केन्द्रीय कमिटी तथा केन्द्रीय निकायका सदस्य, संघीय र प्रदेशसभा सदस्य, प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी, स्थानीय तहका पार्टी कमिटीका अध्यक्ष र उपाध्यक्ष, निर्वाचित मेयर, उपमेयर, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षलगायत सहभागी हुनेछन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *