यस्तो छ काठमाडौं उपत्यकाको मौसम

No ads found for this position
No ads found for this position

काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभावसँगै बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव देखिएको छ ।

यसको प्रभावले काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बादल लाग्ने तथा वर्षा हुने सम्भावना छ । बिहीबार काठमाडौं उपत्यकाको आकाशमा पनि आंशिक बदली देखिएको छ ।

मौसममा आएको परिवर्तनले उपत्यकाको दृश्यमा बादलयुक्त वातावरण देखिएको छ । मौसम पूर्वानुमानअनुसार चक्रवातको प्रभावका कारण आगामी केही दिन देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *