काठमाडौंबाट धनगढी जाँदै गरेको बस बर्दघाट हुँदा ७ जना घाइते

No ads found for this position
No ads found for this position

काठमाडौं । नवलपरासीको पश्चिम बर्दघाट नगरपालिका -४ मा बस दुर्घटना भएको छ। काठमाडौंबाट धनगढी जाँदै गरेको सुदूरपश्चिम यातायातको सु.प्र.०१-००१ ख २३३० नम्बरको बस अनियन्त्रित भइ सडकमा पल्टिएको थियो ।

सोमबार बिहान भएको दुर्घटनामा चालक,सहचालिकसहित ७ जना घाइते भएका छन्।

बसमा करिब ४०-४५ जना सवार रहेकोमा घाइते भएका ७ जनालाई उपचारका लागि बर्दघाट नगर अस्पताल,चिसापानी पठाइएको छ । घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

बस पल्टिने क्रममा सोही दिशाबाट आउँदै गरेको भारतीय ट्रकमा समेत सामान्य ठक्कर लाग्दा ट्रकको पछाडिको भागमा क्षति पुगेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *