बूढीगण्डकी बाढी : सेनाले गर्यो ३६ जनाको उद्धार

No ads found for this position
No ads found for this position

काठमाडौं । नेपाली सेनाले गोरखा बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिरहेको छ ।

आइतबार पछिल्लो १२ बजेसम्मको विवरण अनुसार एमआइ–१७ सहित चारवटा हेलिकोप्टर तथा स्थलमार्गबाट खटिएको टोलीले जगत क्षेत्रबाट ६, न्याकफेदीबाट ९ जना तथा यारुबाट १ जना शिशु र १ विदेशी नागरिकसहित ९ जना तथा पायुबाट १२ जनागरी हालसम्म ३६ जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ ।

त्यस्तै, अन्य सुरक्षा निकाय र सरकारी निकायसँग समन्वय गरी थप खोज तथा उद्धार गरिरहेको पनि सेनाले जनाएको छ । बूढीगण्डकी नदीमा आएको बाढीपछि गोरखा, धादिङ, तनहुँलगायतका जिल्ला प्रभावित छ ।

तस्विर : नेपाली सेना



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *