पार्टीमा सभापतिको जति हक हुन्छ, त्यति नै कार्यकर्ताको पनि हुन्छ : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी एउटै परिवार रहेकाले अहिले जिम्मेवारी कसले लिने भन्नेबारे मात्रैमा प्रतिस्पर्धा रहेको बताएका छन् । काठमाडौंमा जारी १५ औं महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
थापाले नेपाली कांग्रेसमा पार्टी सभापतिको जति हक र हैसियत भुइँमा बस्ने कार्यकर्ताको पनि उति नै हक हुने बताए ।
थापाले भने- ‘कांग्रेस एउटा परिवार हो । परिवारभित्र जिम्मेवारी कसले लिने होला भन्ने हाम्रो प्रतिस्पर्धा हो । जित्ने मान्छेले सबै कुरा जित्ने, हर्ने मान्छेले सबै कुरा हार्ने भन्ने होइन। सभापति वा अन्य कुनै पद केवल एउटा समय तोकेर दिइएको जिम्मेवारी मात्रै हो ।’
थापाले पार्टीको सभापति माननीय, सम्माननीय होइन । यो केवल एउटा समय तोकेर दिएको जिम्मेवारी मात्र भएको बताए।





