कांग्रेस उपसभापतिमा विनोद चौधरी सहित दर्जन बढीको उम्मेदवारी

No ads found for this position
No ads found for this position

काठमाडौं । नेपाली कांग्रेसको उपसभापति पदमा अर्बपति विनोदकुमार चौधरी सहित १५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । नयाँ नेतृत्व चयनका लागि राष्ट्रिय सभागृहमा भइरहेको चुनावी प्रक्रिया अन्तर्गत शेखर कोइरालाको क्याम्प छाडेर धनराज गुरुङले पनि उपसभापतिमा उम्मेदवारी दिएका छन् ।

यस्तै डा. चन्द्र भण्डारीले उपसभापतिमा मनोनयन दर्ता गरेका छन् । भण्डारी १४ औं महाधिवेशनमा पनि उपसभापति पदमै प्रतिस्पर्धा गरेका थिए । त्यो बेला डा. शेखर कोइरालाको प्यानलबाट प्रतिस्पर्धा गरेका उनी पराजित भएका थिए । दुई जनाका लागि भएको निर्वाचनमा पूर्णबहादुर खड्का र धनराज गुरुङ उपसभापति पदमा निर्वाचित भएका थिए ।

यी हुन् उपसभापतिका दाबेदार

१. विनोदकुमार चौधरी

२. फरमुल्लाह मंसुर

३. पुष्पा भुसाल

४. सुरेन्द्रराज पाण्डे

५. जीवन परियार

६. प्राडा. चन्द्रमोहन यादव

७. ई. मधु आचार्य

८. गोविन्द भट्टराई

९. मिनेन्द्र रिजाल

१०. दीपक गिरी

११. चन्द्र भण्डारी

१२. धनराज गुरुङ

१३. देवराज चालिसे

१४. सीता गुरुङ

१५. रञ्जीत कर्ण



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *