एसियन गेम्स: भारत र पाकिस्तान सिधै सेमिफाइनलमा, नेपालको के होला ?

No ads found for this position
No ads found for this position

काठमाडौं । जापानमा जारी एसियन गेम्सअन्तर्गतको क्रिकेट प्रतियोगिता वर्षाका कारण क्वार्टरफाइनलका दुई खेल आज रद्द भएका छन् । लगातारको पानीले खेल रद्द भएपछि भारत र पाकिस्तान सिधै सेमिफाइनलमा प्रवेश गरेका छन् ।

आईसीसी वरियतामा माथिल्लो स्थानमा रहेका आधारमा यी दुवै टोलीले खेल नै नखेली सेमिफाइनलको टिकट पक्का गरेका हुन् । भारतको भिडन्त अफगानिस्तानसँग थियो भने पाकिस्तानको हङकङसँग ।

भोलि हुने नेपाल र श्रीलंकाको म्याचमा पनि बर्षाको जोखिम उच्च छ । भोलीको खेल पनि वर्षाका कारण हुन सकेन भने वरियताका आधारमा श्रीलंका सेमिफाइनलमा पुग्छ र नेपाल घर फर्किन्छ ।

भोलीको मौसम पूर्वानुमान पानी पर्ने सम्भावना ८० देखि १०० प्रतिशत रहेको छ।

नेपालले समूह चरणमा राम्रो प्रदर्शन गरेको छ । नेपालले बलियो अफगानिस्तान र आयोजक जापानमाथि प्रभावशाली जित निकाल्दै समूह विजेता बनेको थियो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *