४० तस्बिरमा हेर्नुस् ‘कागेश्वरी नाच आइडल-सिजन ३’को फाइनल
काठमाडौं। एमआर डान्स स्टुडियो, अरुण डान्स एकेडेमी र सनराइज डान्स स्टुडियोको आयोजनामा ‘कागेश्वरी नाच आइडल–सिजन ३’को ग्राण्ड फाइनल सम्पन्न भएको छ। राष्ट्रिय नाचघरमा आइतबार आयोजित फाइनलमा २६ जना प्रस्तिसपर्धीलाइ पछि पार्दै संस्कृति राईले उपाधि जितेकी हुन्।
राईले ‘कागेश्वरी नाच आइडल–सिजन ३’को विजेता बन्दै नगद १ लाख रुपैयाँसहित ट्रफी, मेडल, प्रमाणपत्र, गिफ्ट ह्याम्पर र एउटा म्युजिक भिडियोमा अभिनय गर्ने अवसर प्राप्त गरिन्। उनको कोरियोग्राफर सन्तोष थापा मगर हुन्।

यस्तै, बिहानी थि्ङग फर्स्ट रनरअप भइन् । उनले नगद ३० हजार रुपैयाँ, ट्रफी, मेडल, प्रमाणपत्र, गिफ्ट ह्याम्पर तथा एउटा म्युजिक भिडियोमा अभिनय गर्ने अवसर प्राप्त गरिन्।
बिनिशा राई सेकेन्ड रनरअप घोषित भइन् । उनले नगद २० हजार रुपैयाँसहित ट्रफी, मेडल, प्रमाणपत्र, गिफ्ट ह्याम्पर तथा म्युजिक भिडियोमा अवसर प्राप्त गरिन्। विजेता तथा उपविजेताका लागि म्युजिक भिडियो निर्माणमा जीरो मल्टिपिक्चर्सका सुजन राईले सहकार्य गर्ने आयोजकले जनाएको छ।
प्रतियोगितामा सैलु लिम्बू तेस्रो रनरअप भइन् भने स्मृति बोगटी चौथो रनरअप घोषित भइन्। त्यस्तै, प्रिन्सिका राई छैटौँ, जेसिका कुसुले सातौँ, स्प्रिका शाही आठौँ, गृष्मा कुवर नवौँ र रिसिका घिमिरे दशौँ स्थानमा रहे।
प्रतियोगितामा पब्लिक च्वाइस अवार्डतर्फ सुमिना बोलन तामाङ , सनाया कर्ण, रुसिका पौडेल र रुबिरा थापाले अवार्ड प्राप्त गरे।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा व्याकुल माइला सहभागी थिए। विशेष अतिथिका रूपमा गीतकार गजलकार शान्ति शर्मा, वरिष्ठ नृत्य निर्देशक तथा अभियन्ता महेश गोदार, सुशील पोखरेल र जितु नेपाललगायतको उपस्थिति थियो।
प्रतियोगिताको निर्णायक मण्डलमा नृत्यनन्दा गुरु कृष्णप्रसाद पौडेल, कविराज गहतराज, बिनिता लामा र शेखर घर्तीमगर रहेका थिए।
आयोजक ‘कागेश्वरी नाच आइडल’ले नेपाली नृत्य तथा कलाक्षेत्रमा नयाँ प्रतिभालाई अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्दै आएको जनाएको छ।






