एसियन गेम्स क्रिकेट: अफगानिस्तानमाथि नेपालको शानदार जित

No ads found for this position
No ads found for this position

काठमाडौं । एसियन गेम्स प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानलाई ५ विकेटले हराए शानदार जित हाँसिल गरेको छ ।

शुक्रबार जापानको कोरोगी एथलेटिक पार्कमा भएको खेलमा अफगानिस्तानले प्रस्तुत गरेको १०३ रनको लक्ष्य नेपालले १७.२ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो ।

नेपालका सन्दीप जोराले ३४, रोहितकुमार पौडेलले अविजित ३३ र कप्तान दीपेन्द्रसिंह ऐरीले १५ रन बनाए ।

अफगानिस्तानका फरिदुन दाउदजाइ, अब्दुल्लाह अहमदजाइ र अरब गुलले एक–एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १०२ रनको योगफल तयार पारेको थियो ।

अफगानिस्ताका फैसल खान अहमदजाइ र नजिबुल्लाह जाद्रनले ३०–३० तथा नाङ्ग्याल खरोटीले अविजित १७ रन बनाए ।

नेपालका लागि कुशल भुर्तेलले चार र ललितनारायण राजवंशीले तीन विकेट लिए । सुखद सुरुआत गरेको नेपालले समूह ‘ए’ मा दुई अंक जोडेको छ । पराजित अफगानिस्नाको पनि दुई खेलबाट दुई अंक नै छ ।

अब नेपालले शनिबार जापानको सामना गर्नेछ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *