खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा बिमोचन

No ads found for this position
No ads found for this position

नागोया, जापान । बरिष्ठ खेल पत्रकार नवीन अर्यालको बहुप्रतिक्षित पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ आज जापानको नागोयास्थित दियालो रेस्टुरान्टमा बिमोचन भएको छ।

अर्यालको पुस्तक जापानका लागि नेपाली कार्यवाहक राजदूत हरिहरकान्त पौडेलले एक समारोहका बीच बिमोचन गरे। यस अवसरमा गैरआवासीय नेपाली संघ (एनआएएनए) आईसीसीका वरिष्ठ उपाध्यक्ष रोबिन सेर्चन, नेपाल सफ्ट टेनिस संंघका अध्यक्ष तथा अन्तर्राष्ट्रिय सफ्ट टेनिस संघका मानार्थ अध्यक्ष विनय विक्रम शाह, पूर्वकराते खेलाडी देव घिमिरे, आइएसकेएका विश्व च्याम्पियन अविरल घिमिरे, मोना आइसीसी उपाध्यक्ष दीपक केसी, गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानका महासचिव श्याम सितल श्रेष्ठ, एनआरएनए जापान नागोया क्षेत्रिय समितिका संयोजक योमन देवानको उपस्थिति थियो।


बिमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तक बारे आफ्नो धारणा व्यक्त गर्दै कार्यवाहक राजदूत पौडेलले भने, ‘नवीन अर्यालको पुस्तकको माध्यमबाट नेपाल र जापानबीचको सम्बन्ध बुझ्न सहज हुनेछ । जापानसँग हाम्रो कूटनीतिक सम्बन्ध स्थापना हुनुभन्दा पाँच वर्ष अगाडि नै खेलमार्फत हामी जोडिसकेका थियौं भन्ने जानकारी यही पुस्तकबाट थाहा पाए।’

उनले यो पुस्तक नेपाल–जापान सम्बन्धका लागि कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे।

कार्यक्रममा एनआरएनएका बरिष्ठ उपाध्यक्ष शेरचनले पुस्तकमार्फत नेपाल–जापानको खेल सम्बन्ध बुझ्ने अवसर पाएकोमा लेखक अर्याललाई विशेष धन्यवाद दिए । उनले अर्यालको पुस्तक नेपालका लागि मात्र नभएर जापान सरकारलाई लागि पनि उत्कृष्ट दस्तावेज भएको बताए । ‘जापानमा बसिरहेका हामी नेपालीहरूलाई नेपाल–जापानबीचको खेल सम्बन्ध उजागर गराइदिनुभएकोमा लेखक अर्याललाई धन्यवाद भन्न चाहन्छु। पुस्तकमा दुई देशको मित्रतालाई खेलकुदको माध्यमबाट उजागर गर्न खोजिएको छ,’ उनले भने ।

नेपाल र जापानबीच ७५ वर्षअघि खेल सम्बन्ध स्थापना भएको थियो। यही तथ्यलाई लेखक अर्यालले आफ्नो पुस्तकमा समावेश गरेका छन् ।

जापानी समयअनुसार साँझ ७ बजेदेखि सुरु भएको कार्यक्रममा गलकोट समाज जापानका उपाध्यक्ष भेषनाथ गौतम, व्यवसायी डिलाराम खरेल, बुद्धिजीवी एवं एनआरएनए जापान नागोया क्षेत्रिय समितिका पूर्व उप–संयोजक नवराज चापागाई, एनआरएनए जापान नागोया क्षेत्रिय समितिका उपसंयोजक यामबहादुर पाइजा मगर, स्थानीय पत्रकार कविकिरण न्यौपाने र निसान राणाको पनि उपस्थिति थियो । कार्यक्रम पत्रकार कान्ता गिरिले सञ्चालन गरेकी थिइन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *