अब एटीएमबाट १ सयको नोट पनि पाइने

No ads found for this position
No ads found for this position

काठमाडौं । नेपाल राष्ट्र बैंकले एटीएम बाट १ सय रुपैयाँ दरका नोट पनि वितरण गर्ने व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ।

राष्ट्र बैंकले नजिकिँदै गरेको चाडबाडमा बैंकहरूमा हुने भीडभाड कम गर्न एटीएम मेसिनबाट १ सय रुपैयाँका नोट पनि वितरण गर्न निर्देशन दिएको हो।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले नेपाल बैंकर्स संघलाई पत्र लेख्दै यस्तो व्यवस्था मिलाउन भनेको छ । हाल बैंक तथा वित्तीय संस्थाहरूले एटीएम मेसिनबाट १ हजार र ५ सय रूपैयाँ दरका नोटहरू मात्र दिँदै आएका छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *