ओमानलाई ८७ रनले हराउँदै नेपाल फाइनलमा

No ads found for this position
No ads found for this position

काठमाडौं । मलेसियामा जारी एसीसी प्रिमियर कपअन्तर्गत सेमिफाइनलमा नेपालले ओमान विरुद्ध शानदार जित हासिल गरेको छ । नेपालले ओमानमाथि ८७ रनको शानदार जित निकाल्दै फाइनलमा स्थान बनाएको छ।

पहिले ब्याटिङ गरेको नेपालले दीपेन्द्रसिंह ऐरीको ५१ र बसिर अहमदको ४७ रनको मद्दतमा १४७ रन बनाएको थियो। जबाफी ब्याटिङमा ओमान नेपाली स्पिनसामु टिक्न नसक्दा २८.१ ओभरमै ६० रनमा समेटियो।

नेपालका सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले ३–३ विकेट लिए भने रोहित पौडेल र ललित राजवंशीले २–२ विकेट लिए।जितसँगै नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि पनि छनोट भएको छ।

अब नेपालले उपाधिका लागि शनिबार यूएईसँग प्रतिस्पर्धा गर्नेछ । यूएईलाई हराएमा नेपाल एसिया कपमा छनोट हुनेछ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *