यशोदा ग्रुपद्वारा बाढीपीडितका लागि ३ करोड ५१ लाख सहयोग

No ads found for this position
No ads found for this position

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि यशोदा ग्रुपअन्तर्गतका यशोदा फुड्स प्रालि र श्रीराम टोबाको प्रालिले ३ करोड ५१ लाख ५१ हजार रुपैयाँ सहयोग गरेका छन्।

उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्नका लागि ग्रुपका अध्यक्ष कमल किशोर मालपानी र चुन्न प्रसाद शर्माले संयुक्त रूपमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गरेका हुन्।

यशोदा ग्रुपले आर्थिक सहयोगसँगै बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङ लगायतका क्षेत्रमा करिब ३० लाख रुपैयाँ बराबरको ‘करेन्ट’ चाउचाउ समेत राहत सामग्रीका रूपमा वितरण गरेको जनाएको छ।

कम्पनीका अनुसार प्रभावित क्षेत्र तथा आश्रयस्थलमा रहेका नागरिकलाई सम्बन्धित निकायमार्फत चाउचाउ वितरण गरिएको हो। आवश्यकताअनुसार आगामी दिनमा थप राहत सामग्री उपलब्ध गराउनसमेत कम्पनी तयार रहेको जनाएको छ।

यशोदा ग्रुपले विपद्को यस कठिन घडीमा प्रभावित नागरिकका लागि आवश्यक पर्ने अन्य सहयोग गर्नसमेत तयार रहेको जनाएको छ।

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *