सुनको मूल्य तोलामा ३ हजार २ सयले बढ्यो
No ads found for this position
No ads found for this position
काठमाडौं। नेपाली बजारमा सुनको मूल्य आज तोलामा ३ हजार २ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ३ लाख २२ हजार ७ सय रुपैयाँ कायम भएको छ। आइतबार प्रतितोला ३ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। महासंघका अनुसार आज १० ग्राम सुनको मूल्य २ लाख ७६ हजार ६६५ रुपैयाँ कायम भएको छ।
यस्तै, चाँदीको मूल्य भने आज प्रतितोला १० रुपैयाँले घटेको छ। आइतबार प्रतितोला ४ हजार ९७५ रुपैयाँ रहेको चाँदी आज ४ हजार ९६५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।
प्रतिक्रिया





