प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम दुरूपयोग गरी ठगी गर्ने दुईजना पक्राउ

No ads found for this position
No ads found for this position

काठमाडौं । प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम तथा पद दुरुपयोग गरी ठगी गर्ने दुईजना पक्राउ परेका छन् ।

इसराइलमा केयर गिभरका रूपमा पठाइदिने भन्दै २ करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनिहरुलाई पक्राउ गरेको हो।

सीआईबीले रामेछाप सुनापति गाउँपालिका–१ का ५९ वर्षीय भरत चौलागाईं र दोलखा कालिञ्चोक गाउँपालिका–८ की ३२ वर्षीया बालिका सिवाकोटी पक्राउ गरेको हो।

नेपाल सरकार र इसराइल सरकारबीच भएको सरकार–सरकार (जीटूजी) सम्झौताअनुसार सन् २०२४ मा इसराइलमा केयर गिभरका लागि कामदार पठाउन परीक्षा सञ्चालन गरिएको थियो।

उक्त परीक्षामा सहभागीमध्ये इसराइल जान छनोटमा नपरेका १५६ जनालाई चौलागाईं र सिवाकोटीलगायत व्यक्तिले प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम तथा पद दुरुपयोग गरी इसराइल पठाइदिने भन्दै विश्वासमा पारेको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार उनीहरूले प्रतिव्यक्ति ६ लाख २० हजार रुपैयाँका दरले रकम लिएर जम्मा २ करोड ५० लाख रुपैयाँ ठगी गरेको भन्दै पीडितहरूले जाहेरी दिएका थिए।

जाहेरीका आधारमा प्रहरीले दुवै जनालाई भदौ १ गते पक्राउ गरिएको हो।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *