ललिता निवास प्रकरणमा थप दुईजना पक्राउ
No ads found for this position
No ads found for this position
काठमाडौं- ललिता निवास जग्गा प्रकरणमा प्रहरीले मंगलबार थप दुई जनालाई पक्राउ गरेको छ ।
नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले नापीका दुई जना पूर्वकर्मचारीलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा योगराज पौडेल र नारायणदत्त मिश्र छन् । यस प्रकरणमा अहि भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलगायत १४ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ।
पक्राउ पर्नेमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत, निर्वाचन आयोगका पूर्व आयुक्त सुधीर कुमार शाह लगायत छन् ।
प्रतिक्रिया





